काठमाडौं । घरेलु टोली नेपाललाई ३–१ को जित निकाल्दै भारतले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भारतले सुरुआती दुई सेट २५–२२, २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा भने भारत १५–२५ ले पछाडि पर्यो । चौथो सेटमा २५–२२ ले आफ्नो पक्षमा पर्दै भारत तेस्रो स्थानमा रह्यो ।
प्रतियोगिताको उपाधिका लागि इरान र काजकिस्तान प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा नेपालले इरान र भारतले काजकिस्तानसँग हार व्यहोरेका थिए ।






















