काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले २०८२/०८३ का लागि नवीकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूको सूचि सार्वजनिक गरेको छ । मन्त्रालयमा हालसम्म नवीकरण भएका ७६० ओटा शैक्षिक परामर्श संस्थाहरूको सूची सार्वजनिक गरिएको हो ।
सचिवस्तरीय निर्णयअनुसार प्रकाशन गरिएको सूचनामा शैक्षिक परामर्श तथा सम्बन्धित सेवा लिँदा मन्त्रालयबाट स्वीकृत तथा नवीकरण भएका संस्थाबाट मात्र सेवा लिन अनुरोध गरिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीमा काठमाडौं उपत्यकाका पुतलीसडक, नयाँ बानेश्वर, बागबजार, कमलादीलगायत क्षेत्रका साथै ललितपुर, चितवन, पोखरालगायत विभिन्न जिल्लामा सञ्चालित सयौँ शैक्षिक परामर्श संस्थाहरू समावेश छन् ।
सूचीमा प्रत्येक संस्थाले सञ्चालन गर्न पाउने सेवा पनि स्पष्ट उल्लेख छ ।






































