पोखरा विमानस्थलमा भ्रष्टाचार : एमाले नेता भीम आचार्यसँग साढे दुई लाख धरौटी माग

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता भीम आचार्यसँग विशेष अदालतले धरौटी माग गरेको छ।

पूर्वमन्त्री आचार्य सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो। उनी धरौटी बुझाउने प्रक्रियामा रहेका छन्।

उनी पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वाभाविक रुपमा बढाएर अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ मा मुद्दा दर्ता गरेको थियो।

यस मुद्दामा ५५ जनालाई विपक्षी बनाइएको छ। उनीहरूबाट आठ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिगो कायम गरी असुल उपर गर्न माग दाबी गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित