गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गृमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका लागि सिफारिस गरेको हो।

राष्ट्रिय सभामा रिक्त भएका १९ मध्ये १८ सिटमा निर्वाचन भएको थियो। जसमा नेपाली कांग्रेसका ९ जना, एमालेबाट ८ जना र जनता समाजवादी पार्टीबाट एक जना निर्वाचित भएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक जना सदस्य भने रिक्त थियो। यसअघि यो कोटामा नियुक्त नेकपाका वामदेव गौतमको कार्यकाल सकिएको थियो।

अर्याल सरकारबाट बाहिरिए पनि अब राष्ट्रिय सभामा हुने भएका छन्। गृहमन्त्री अर्याल रास्वपाका वरिष्ठ नेता बालेन शाहका पूर्व कानुनी सल्लाहकार पनि हुन्। बालेन मेयर हुँदा अर्याल उनका कानुनी सल्लाहकार थिए। तर पछि सुशीला कार्कीले उनलाई आफ्नो मन्त्रिपरिषद्मा गृह मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित