बागलुङबाट चार नाल अवैध भरुवा बन्दुक नियन्त्रणमा

राजेशचन्द्र राजभण्डारी, बागलुङ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अवैध हातहतियारको दुरुपयोग हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध भरुवा बन्दुक नियन्त्रण अभियानलाई तीव्र बनाएको छ।

निर्वाचन तथा सार्वजनिक शान्ति–सुरक्षामा खतरा उत्पन्न हुन सक्ने अवस्थाको मूल्यांकन गर्दै बागलुङ जिल्लामा इजाजतपत्र नलिइ लुकाइछिपाइ राखिएका हातहतियार (भरुवा बन्दुक) बरामद तथा नियन्त्रण गर्न विशेष अपरेशन टोली परिचालन गरिएको थियो।

सो क्रममा स्थानीय नागरिकहरूको सूचना तथा सहयोगमा जिल्लाका विभिन्न स्थानका जंगल, रूखको टोड्का, खोल्सा तथा मानिस नबस्ने घर–गोठमा लुकाइछिपाइ राखिएका १५५ थान इजाजतपत्रविहीन भरुवा बन्दुक यसअघि नै बरामद गरी नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बसन्त पाण्डेले बताए ।

यसै अभियानलाई निरन्तरता दिँदै मिति २०८२ माघ २७ गते, इलाका प्रहरी कार्यालय गलकोट मातहत प्रहरी चौकी भाटखाने डाँडाबाट प्रहरी निरीक्षक चेतराम चौधरीको कमाण्डमा खटिएको टोलीले बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–२, हप्तखोलास्थित गुफामा लुकाइछिपाइ राखिएको अवस्थामा थप ४ थान इजाजतपत्रविहीन भरुवा बन्दुक बरामद गरी नियन्त्रणमा लिएको छ।

बरामद गरिएका अवैध हातहतियारहरू सम्बन्धित कानुनी प्रक्रिया अनुसार नियन्त्रणमा राखिएको र यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय सतर्क रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । यसअघि जिल्ला प्रहरीले कार्यालयले ११५ थान भरूवा बन्दुक नियन्त्रणमा लिएर सार्वजनिक गरिसकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित