नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने !

काठमाडौं। अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटालाई थपेको छ ।

आगामी जनवरी २१ देखि नेपालीहरूले अमेरिकाको भिसा निवेदनसँगै ५ देखि १५ हजार डलर (७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार १९३ नेपाली रुपैयाँ) सम्म शुल्क तिर्नुपर्ने भएको हो । विदेश मन्त्रालयको वेबसाइटमा यसको उल्लेख गरिएको छ ।

विदेशी नागरिकको भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले धरौटीको रकम तय गर्नेछन् । धरौटी भुक्तानी गर्नका लागि यात्रीहरूले निर्देशन पाएपछि मात्र फारम आई–३५२ भर्नुपर्नेछ र त्यसपछि पे डट् गोभमा अनलाइनमार्फत भुक्तानी गर्नुपर्नेछ ।

यो आवश्यकता पूरा गर्दैमा बी–१, बी–२ भिसा स्वीकृत भएको मानिने छैन र कन्सुलरको निर्देशनबिना जम्मा गरिएको रकम फिर्ता हुने छैन । यी शुल्कहरू अमेरिकाको विदेश मन्त्रालयको भिसा बोन्ड पाइलट प्रोग्रामका हिस्सा हुन् । यो ५ अगस्ट २०२६ सम्मका लागि लागू गरिएको अस्थायी पहल हो ।

भिसाको अवधिभन्दा बढी अमेरिकामा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उपायको रूपमा यसलाई ल्याइएको हो । आफ्नो भिसाको शर्त उल्लंघन नगर्ने बी–१, बी–२ यात्रीहरूले अमेरिकाबाट आफ्नो देश फर्केपछि सो रकम फिर्ता पाउनेछन् ।

धरौटी तिर्नेहरूका लागि अतिरिक्त यात्रा प्रतिबन्धहरू पनि लागू हुनेछन् । भिसा प्राप्त गरिसकेपछि यात्रीहरूले बोस्टन लोगान, जोन एफ केनेडी र वाशिङटन डलेस अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट मात्र अमेरिका प्रवेश गर्न पाउनेछन् ।

अमेरिकाको विदेश मन्त्रालयको सूचना अनुसार, अन्य स्थानबाट आगमन भएमा प्रवेशमा रोक लगाइने वा प्रस्थानको रेकर्ड गलत तरिकाले राखिने हुन सक्छ ।

नेपाल सहितका देशका यात्रीहरूले धरौटी तिर्नुपर्ने कुराको पूर्वानुमान गर्नुपर्ने र आफ्नो भिसाका शर्तहरूबारे जानकारी राख्नुपर्ने आप्रवास वकिलहरू बताउँछन् ।

उनीहरूका अनुसार, आफ्नो आगमन र प्रस्थानको मितिमा ध्यान दिनुपर्छ। अमेरिका छोड्नका लागि अन्तिम दिनसम्म पर्खनुहुँदैन किनकि उडानमा हुने कुनै पनि ढिलाइ वा रद्दले बसाइ अवधि लम्बिन सक्छ । त्यसपछि तपाईंको धरौटी रकम जोखिममा पर्न सक्छ ।

अल्जेरिया, अंगोला, एन्टिगा एन्ड बार्बुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, द गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिजस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोम एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, टुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित