सुनको मूल्य २ दिनमा ८ हजार ९ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य वृद्धि भएको छ। दुवै धातुको मूल्य बढेर आज अहिलेम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य तोलामा ५५ सय बढेर आज दुई लाख ६७ हजार दुईसय पुगेको छ। सुनको यो मूल्य हालसम्मकै महँगो हो। सोमबार पनि सुन तोलामा तीन हजार चारसय रुपैयाँ बढेर दुई लाख ६१ हजार सातसय रुपैयाँ पुगेको थियो।

गएको शुक्रबार तोलामा दुई हजार र आइतबार तोलामा एकसय रुपैयाँ घटेको सुनको मूल्य दुई दिनमा आठ हजार नौसय रुपैयाँ बढेको हो। आज चाँदीको मूल्य तोलामा एकसय तोलामा २० रुपैयाँ बढेरको छ।

चाँदीको मूल्य आज तोलाको चार हजार दुईसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढ्दै आएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित