भक्तपुर । बिज एजुकेशनले नेपाली क्रिकेटर हेमन्त धामीलाई ब्रान्ड एम्बेसडर का रूपमा अनुबन्ध गरेको छ।
सहकार्य तीन वर्षका लागि गरिएको भए पनि प्रत्येक वर्ष आपसी सहमतिमा पुनःसम्झौता गरिने बिज एजुकेसनले जनाएको छ।
यससम्बन्धी औपचारिक घोषणा तथा सम्झौतामा बिज एजुकेसनका हरि कार्की र क्रिकेटर हेमन्त धामीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । बिज एजुकेशनका अनुसार यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई युवाहरूको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि हो।
कार्यक्रममा बोल्दै बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले नेपालमा क्रिकेटको उल्लेखनीय विकास भएको बताउँदै खेलाडीहरूको प्रशंसा गरे ।




































