एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।

कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की एआईजीमा बढुवाका लागि सिफारिस भएपछि रिक्त हुने पदमा अधिकारीलाई बढुवा गर्न सिफारिस गरिएका हो।

२०५५ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका अधिकारी २०५६ सालमा प्रहरी निरीक्षकमा भिडेका थिए। २०५६ सालको टोलीसँगै पहिलो नम्बरमा एसएसपीसम्म आए पनि जेनजी आन्दोलनका कारण यसअघि ५ जनालाई डीआईजीमा बढुवा गर्दा अधिकारीलाई छुटाइएको थियो।

तर सोमबार बसेको बढुवा समितिले भने अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो। अधिकारी जेनजी आन्दोलनको समय भदौ २३ र २४ गते नै काठमाडौंको प्रहरी प्रमुख थिए। नयाँ बनेको सरकारले अधिकारीलाई काठमाडौँ प्रहरी प्रमुखबाट हटाएर रमेश थापालाई काठमाडौं प्रहरी प्रमुख बनाएको थियो। आफ्नो ब्याचबाट अधिकारी पहिलो नम्बरका एसएसपी थिए।

अधिकारीभन्दा पछाडी रहेका भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई बढुवा गरिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित