१० वटा पार्टीबीचको एकता इतिहासकै अविस्मरणीय : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल प्रचण्डले १० वटा पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन भएको जिकिर गरेका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित आयोजित एकता घोषणा सभामा बोल्दै उनले यो ऐतिहासिक दिन कसैले मेटाएर नमेटिने जिकिर गरे ।

‘यहाँ सबै घटकमा एउटै विचार देखेँ । एक ढिक्का भएर देशका समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको छ । नयाँ शक्ति निर्माण भयो’, उनले भने, ‘आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय दिन बनेको छ । एक दुई घटकबिच एकता भएको छ । तर १० वटा घटकबिच एकता भएको थिएन । यो एकताका लागि मात्र होइन देशका सङ्कट समाधानका लागि बनेको एकता हो । यो इतिहास अब कसैले मेटाएर मेटिँदैन ।’

डिजिटल प्लेटफर्ममार्फत जेनजीले गरेको विद्रोहलाई प्रचण्डले समर्थन गर्दै उनीहरूको भावनालाई आत्मसात गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित