चार डीआईजी एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त चार एआईजीमा बढुवाको निर्णय गरेको हो। असोज १२ गते बसेको बढुवा समितिको बैठकले नाम सिफारिस गरेको थियो।

प्रशासन विभागका डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका हुन्।

उनीहरु चारै जना डीआईजीको बरियतामा अगाडि थिए। बढुवा समितिले बरियता अनुसार नै बढुवा गर्न सिफारिस गरेको थियो। बढुवा भएका चारै जना एआईजीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका थिए। यही टोलीका सिद्धिविक्रम शाह यसअघि नै एआईजी भइसकेका छन्।

अब उनीहरुलाई कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागको जिम्मेवारी पाउनेछन्। एआईजीका दरबन्दी भएका यी विभागहरु खाली छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित