काठमाडौं । गृहमन्त्रालयले एकैपटक ९० जना डीएसपीको सरुवा गरेको छ । भदौ ३१ गतेको महानिरीक्षकको निर्णयानुसार असोज महिनादेखि तलब, भत्ता समेत दरबन्दी भएको ठाउँबाट खाने गरी सरुवा गरिएको हो ।
जसअनुसार इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट अनिल ठकुरीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, छानविन तथा मानव अधिकार शाखा रानीपोखरीमा सरुवा गरिएको छ । अनिश कुमार कर्णलाई प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय पाँचथरको जिम्मेवारी दिइएको छ ।





































