काठमाडौं । सर्लाहीको हरिपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ ।
मोटरसाइकलमा सवार शिक्षकमाथि अज्ञात समूहले गोली प्रहार गरेको मधेश प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
घटनास्थललाई सिल गरेर अहिले थप अनुसन्धानको काम अघि बढाइएको छ । शिक्षक घाइते छन् ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित