धनुषामा सशस्त्र प्रहरीले चलायो गोली

काठमाडौं । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिनेक्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ ।

धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा बुधबार साँझ सवा ८ बजेतिर भारतबाट अवैधरुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डीएसपीको कमाण्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय जम्मा भई सुरक्षा कर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

स्थितिलाइ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले एसएलआर बाट ४ राउण्ड हवाई फायर (गाेली) गरेको छ । झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिइएको छ ।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित