काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् ।
गत वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका थिए भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका थिए । गत वर्षको तुलनामा ९ प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए ।
कति विद्यार्थीले कुन–कुन ग्रेड ल्याए ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलेसार्वजनिक गरेको नतिजाअनुसार, सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १.६१ देखि २.० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या जम्मा २३ जना रहेका छन् ।
२.०१–२.४० सम्म ल्याउने आठ हजार ९६४
२.४१–२.८० सम्म ल्याउने ६९,८१२
२.८१ देखि ३.२० सम्म ल्याउने ९४,२६८
३.२१–३.६० सम्म ल्याउने ५५,८९६
३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२५९१


































