काठमाडौं । गृहमन्त्रालयले १० जिल्ला प्रमुख जिल्ला अधिकारी( सीडिओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालयको निर्णयानुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखामा रामुराज कडरियाको पदस्थापन भएको छ।
भोजपुरमा सुरेश पन्थी, डडेल्धुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा र रोल्पामा बासुदेव दाहाललाई पदस्थापन गरिएको हो। त्यसैगरी जिल्ला प्रशासन कार्यालय बैतडीमा पुण्य विक्रम पौडेल, सिन्धुलीमा दिनेशसागर भुसाल र डोटीमा बुद्धबहादुर गुरूङलाई पठाइएको छ।
काे कहाँ ?





































