माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी छ महिनाभित्र महाविशेन सकेर सिङ्गो पार्टी निर्वाचनको तयारीमा होमिने बताएका छन् । माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिको छैटौँ अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अब बस्ने केन्द्रीय समिति बैठकपश्चात् महाधिवेशनको तयारी गरिने बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सम्पन्न भएपछि आगामी असारमा बस्ने केन्द्रीय समिति बैठकमार्फत महाविधेशनको तयारी गरिनेछ । अबको छ महिना पूरै महाधिवेशनमा केन्द्रित हुन्छौँ ।” महाधिवेशनले राजनीतिक कार्यदिशाको थप विकास र परिमार्जन गर्ने र केन्द्रीय समितिको सङ्ख्या घटाएर १९९ मा ल्याउने उहाँको जिकिर छ ।

नेता श्रेष्ठले महाधिवेशनपश्चात् आसन्न निर्वाचनको तयारीमा केन्द्रित हुने बताए । “महाधिवशेनपछि आसन्न निर्वाचनका लागि नयाँ योजना बनाउँछौँ, उम्मेदवारको तयारी गर्छौं”, उनले भने, “मुलुकलाई अहिलेको सङ्क्रमणबाट मुक्त गरेर समृद्धिको लक्ष्यमा पु¥याएरै छाड्छौँ ।”

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ‘भिजिट भिसा’का नाममा नेपाली नागरिकमाथिको ठगीसम्बन्धी मुद्दालाई पार्टीले नछाडेको स्पष्ट पारे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित