तमानखोला गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

ढोरपाटन । तमानखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

जन्मेदेखि १५ महिना उमेर समूहका १६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समुहका ११४ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका छवटै वडाका स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताए । सुरुमा सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको उनको भनाइ छ । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाले सबै खोपको मात्रा पूरा गरेको छन्त्याल बताउँछन्।

बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले भौगोलिक विकटताका बाबजुद पनि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन गर्न सफल भएको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित