विश्वकप लिग-२ : नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको फोर्थिल डण्डीमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ ओभर १ बलमा २२५ रनमा समेटियो ।

नेदरल्यान्ड्सका लागि नूह क्रोसले सर्वाधिक ४८ रन बनाए । उनले रोएलफ भ्यान डेर मेर्वेसँग आठौं विकेटका लागि ५५ रनको साझेदारी गरे । मेर्वे २० रनमा आउट भए । कप्तान स्कट एडवड्र्सले ४६, विक्रमजीत सिंहले ३८, ज्याक लायन क्याचेटले २७ र तेजा निदामानरुले १३ रनको योगदान दिए ।

बलिङमा नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित