माओवादी केन्द्रले माग्यो गृहमन्त्री लेखकको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । पार्टी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

गृहमन्त्रीले छानबिन गरेर सहयोग गर्नुपर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ,’ उनले भने ।

स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष छ । ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस्,’ सापकोटाले भने ।

गत बुधबार अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए । यसमा गृहमन्त्रीको सचिवालयको समेत संलग्नता रहेको खुलेको छ ।

गृहमन्त्रीको सचिवालयमा रहेका जनक भट्टदेखि गणेश ओझाको नाम मुछिएको छ । यस्तै, यसअघि नै भिजिट भिसाको आवरणमा मानवतस्करीमा जोडिएका अध्यागमन अधिकृत विमल पौडेल पनि लेखककै सचिवालयमा रहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित