युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्यो

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको छ।

सोमबार थाइल्यान्डमा भएको खेलमा नेपालले महत्वपूर्ण खेलमा जित निकालेपछि सुपर(३ को शीर्ष दुई स्थान पक्का गरेको हो। यससँगै नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विश्व छनोट खेल्न भएको हो।

अब नेपालले यसै वर्ष विश्व छनोट खेल्नेछ। विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।‍

सोमबार युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ३० रन जोडिन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्। अलराउन्डर रुबिना क्षेत्रीले १८ बलमा जोडेको २३ रन नेपालका लागि महत्वपूर्ण सावित भयो।

त्यसअघि नेपालका लागि ओपनर सम्झना खड्काले २१ रन बनाइन्। पूजा महतोले १३ रनको योगदान गरिन्। टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन जोड्यो। युएईका लागि कप्तान तथा ओपनर इशा वजाले ३९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडिन्। उनलाई मनिषा उपाध्यायले १३औं ओभरमा क्याच आउट गराएकी थिइन्।

अर्की ओपनर तथा विकेटकिपर तीर्था सतिशले ३२ बलमा २१ बनाइन् भने लाभान्या केनीले १२ रनको योगदान दिइन्। यस्तै हीनाले २० रनको योगदान गरिन्।

बलिङमा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन्। उनले चार ओभरमा २० रन खर्चिइन्। कविता कुँवरले अन्तिम ओभरमा दुई विकेट हात पारिन्। राजमति ऐरीको नाममा एक विकेट रह्यो।

यसअघि नेपालले समूह ‘सी’ को विजेता बनेको सुपर-३ मा पुगेको थियो। सुपर-३ मा समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता युएईले स्थान पक्का गरेका थिए।

यसअघि सुपर-३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई हराएको थियो। अब सुपर-३ को अन्तिम खेलमा नेपाल र आयोजक थाइल्यान्डबीच मंगलबार खेल हुनेछ।

सुपर-३ को अन्तिम खेलअघि शीर्ष स्थानको थाइल्यान्डको ८ अंक, नेपालको ७ अंक र युएईको ६ अंक भएको छ। युएईले सबै खेल खेलिसकेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित