प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे माधवकुमारसहितका नेता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारसमक्ष राजनीतिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारको विषय समेटेर मागपत्र पेश गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालसहितका नेताले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर मागपत्र बुझाएका हुन् ।

नेकपा एसले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नारासहित कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि विभिन्न सुझाव दिएको छ ।

नेकपा एसले मुलुकको राष्ट्रिय एजेण्डा बनाउन सरकारले ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

‘सम्मेलनमा सबै राजनीतिक पार्टीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी तथा कमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षारस्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार ढिलासुस्ती रहित पारदर्शी राजनीतिक, न्यायिक तथा प्रसाशनिक व्यवस्थाका लागि आआफ्ना योजनाहरू पेश गर्नेछन् । त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ’, मागपत्रमा भनिएको छ ।

पटक(पटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन भन्ने स्वयंसिद्ध तथ्यलाई राजनीतिक इतिहासले धेरै पटक पुष्टि गरेको उक्त पार्टीले ठहर गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा मुलुक पुगिसकेके पनि आर्थिक जीवन र प्रणालीको हिसाबले पुरानै बाटो पच्छ्याइरहेकोले धेरै कुरा गुमाएको चिन्ता व्यक्त गरिएको छ ।

बालुवाटारमा मागपत्र लिएर नेपालसहित वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाललगायत पुगेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित