दुधौलीका मेयर दिनेश अधिकारीविरुद्ध मुद्धा : बलात्कारपछि सन्तान जन्मिएको महिलाको आरोप

काठमाडौं । दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ । जिल्लाकै एक महिलाले आफूमाथि बलात्कार भएको र सन्तान समेत जन्मिएको भन्दै जाहेरी दिएकी हुन् ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मेयर अधिकारीबाट बलात्कृत भएकी भनिएकी महिलाले एक सन्तान समेत जन्माएकी छन् ।

छोरा बच्चाकी आमा ती महिलाको जाहेरी दर्ता भएको र कानून बमोजिम अनुसन्धान अघि बढेको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए ।

अधिकारी २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट मेयरमा निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेता अधिकारी सांसद राजन दाहालको कोर टिमका प्रभावशाली सदस्य मानिन्छन् ।

उनकी श्रीमती सम्झना अधिकारी जिल्ला समन्वय समितिको पूर्व उपप्रमुख हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित