कतार विश्वकपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।

अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक/एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले स्थान बनाउँदा दुई पटकको च्याम्पिन दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले स्थान सुरक्षित गर्यो ।

यसैगरी मोरक्को कीर्तिमान रच्दै पहिलो अफ्रिकन सेमिफाइनलिस्ट बन्यो । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनल खेलहरु बुधबार र बिहीबार राति हुनेछन् । पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा फ्रान्स र मोरक्कोबीच भिडन्त हुनेछ । दुबै खेल राति पौने एक बजे सुरु हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित