ट्रम्प-जेलेन्स्कीबीच भनाभन : जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न आदेश (तस्बिरसहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका समकक्षी भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता असफल भएको छ ।

युक्रेनको बहमूल्य खनिज पदार्थबारे द्वपक्षीय वार्ता हुने बताइए पनि ह्वाइट हाउसमा भएको उनीहरुबीचको वार्ता चर्काचर्कीमा परिणत भएपछि उनलाई अमेरिका छोड्न आदेश दिइएको बीबीसीले उल्लेख गरेको छ ।

उनीहरुबीच पत्रकार सम्मेलनका क्रममा भएको भनाभनको भिडियो सार्वजनिक भएको छ । जहाँ ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउन लागेको आरोप लगाएका छन् । ट्रम्पले आफू युक्रेनलाई सघाउन नसक्ने र युद्धबाट पछि हटे मात्र खनिजको सम्झौता हुने बताए । जेलेन्स्की अमेरिकाले गरेको सहयोगप्रति आभारीसमेत नभएको ट्रम्पको दाबी छ । भेटमा ट्रम्पले यदि अमेरिकाले सैन्य सहयोग नगरेको भए जेलेन्स्की दुई हप्तामा पराजित हुने पनि बताए ।

भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले युक्रेनको समस्या समाधानमा कूटनीतिक तवरले अमेरिका अघि बढ्न चाहेको र यसको सुरुवात यो वार्ता भएको बताएका थिए ।

AP25059676973939 https://newskhari.com/storage/2025/03/AP25059608903743-1-scaled.jpg

भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेलेन्स्कीले शान्ति नचाहेको उल्लेख गरेका छन् । र उनले शान्तिको आवश्यकता परे अमेरिकालाई सम्झिन सक्ने पनि बाटो खुल्ला रहेको उल्लेख गरेका छन् ।

युक्रेन मुद्दालाई युक्रेनको र यूरोपको हातमाथि पारेर समाधान गर्न फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री केइर स्टार्मर पछि जेलेन्स्की वासिङटन पुगेका थिए । तर, उनीसग भनाभन भएपछि परिस्थिति फरक बनेको हो ।

बाइडेन सत्तामा भएको बेला अमेरिका र रुसको उच्चस्तरिय कुराकानी बन्द भएको थियो । तर ट्रम्प रास्ट्रपति भएपछि पुटिनसग ९० मिनेट फोन कुराकानी भएको थियो भने साउदी अरब र टर्कीमा दुई देशका उच्चस्तरिय वार्ता भएको थियो । यहि कारण जेलेन्स्की र यूरोपेली नेताहरु आफूलाई नराखि यूक्रेनी मुद्दामा पुटिनसग कुरा गरेको भन्दै बिच्किएका छन्।

AP25059636087364 https://newskhari.com/storage/2025/03/AP25059608903743-1-scaled.jpg

AP25059637054303 https://newskhari.com/storage/2025/03/AP25059608903743-1-scaled.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित