कुलमानले किन गरे एक्कासी भारत जाने कार्यक्रम स्थगित ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत जाने कार्यक्रम रद्द गरेका छन्। उनीनिकट स्रोतका अनुसार घिसिङ भारत नजाने भएका हुन्।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग पछिल्लो समय कार्यकारी निर्देशक घिसिङको सम्बन्ध राम्रो छैन।

खासगरी नेपाल विद्युत् प्राधिकरण र मन्त्रालयबीच उद्योगीहरुसँगको डेडिकेटेड र ट्रंकलाइनको बिजुली प्रयोगबापत महसुल बक्यौतामा मतैक्य छैनन्। योसँगै प्राधिकरण सञ्चालक समितिमा फेरबदलदेखि प्राधिकरणमा आफ्नो कार्यकक्ष स्थापना गर्नेसम्मका काम मन्त्री खड्काले गरेका छन्। उता सञ्चालक समिति बैठकमा घिसिङले ‘नोट अफ डिसेन्ट’ राख्नेसम्मका कार्य गरेका थिए।

यहीबीच मन्त्रीले घिसिङलाई हटाउनलागेका समाचारहरु आइरहँदा उनको भारत जाने कार्यक्रम स्थगित भएको हो।

नोइडामा अहिले ऊर्जासँग सम्बन्धित १६ इलेक्रामा कार्यक्रम चलिरहेको छ। २६ तारिखसम्म चल्ने यो कार्यक्रम भविष्यका लागि ऊर्जासँग सम्बन्धित छ। यो ५ दिने कार्यक्रममा १००० प्रदर्शक र ४ लाख बढी अवलोकनकर्ता आउने आशा गरिएको भारतीय मिडियाले लेखेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित