काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन् ।
रवि १० नबज्दै अदालतमा उपस्थित भएको जिल्ला अदालतमा श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए । उनी हिजो नै चिवतन पुगेका थिए । रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।







































