अक्टोरबर २ मा र्‍यापर लिल पम्प एलओडीमा आउँदै

काठमाडौं । अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते (बुधबार) अक्टोबर २ तारिक हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिने भएका छन् । उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ ।

एलओडी क्लबका सञ्‍चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा कल्बले शुःल्क लिने व्यवस्था गरेको छ । भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ ।

भिआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले सोहि दिनको टिकट खल्ती एप्स बाट खरिद गर्न सक्ने सिंहले बताए ।

यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कड अर्मान मल्लिक इण्डियन आइडल पवनदीप लक्कि अली बाबा सेहगल लगायतका धेरै गायकहरूले प्रस्तुती दिई सकेका छन् ।

त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, वाल्सी फायर ज्योतिका टांग्री लगायतका कलाकारले समेत सो गरिसकेका छन् ।

एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परि छनौटमा परेको हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औं स्थानमा राखेको हो ।

यसमा पाँच सय क्लब सहभागी भएका थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित