तीजले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी ।  गाउँशहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन् । गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ ।

आयोजकले महिला कलाकारलाई मात्र नभएर पुरुष कलाकारलाई पनि तीजका कार्यक्रममा उत्तिकै महत्त्व दिएर निम्त्याउने गरेका छन् । कलाकारलाई तीव पर्व कमाइको माध्यम बन्ने गरेको छ । यो वर्ष तीन सयभन्दा बढी तीज गीत सार्वजनिक भए ।

गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा…’ ले युट्युबमा सार्वजनिक भएको १० दिनमा (मङ्गलबार दिउँसोसम्ममा) एक करोड १३ लाखभन्दा बढी पटक सुनिएकोरहेरिएको छ । जुन यो वर्ष युट्युबमा सबैभन्दा बढी ‘भ्यूज’ पाएको तीज गीत हो ।

एकातिर युट्युब ‘भ्यूज’ का आधारमा कलाकारले पैसा पाउँछन् भने अर्कातिर तीजका अवसरमा हुने मेला, उत्सव पनि कलाकारका लागि आयआर्जनको बाटो बन्ने गरेको छ । अन्य गीतलाई थाँती राखेर अधिकांश लोकगायकरगायिकाले यस समयमा तीज गीत सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समय विदेशमा रहेका नेपालीले पनि तीज पर्वलाई उल्लासका साथ मनाउने गर्छन् । नेपालबाट चल्तीका गायकगायिकालाई बोलाएर सँगसँगै नाच्छन् अनि रमाउँछन् ।

गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र कलाकार करिष्मा ढकाल तीजको मौका पारेर साङ्गीतिक यात्राका क्रममा यतिबेला अमेरिकामा छन् । झण्डै दुई महिने यात्राका क्रममा उनीहरूले अमेरिकाका २१ शहरमा तीज विशेष कार्यक्रम गर्ने तय भएको जनाइएको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायत देशमा कलाकार तीज कार्यक्रममा सहभागी भइरहेका छन् । युरोप र अरब देशहरूमा रहेका नेपालीले पनि तीज पर्वमा विविध कार्यक्रम आयोजना गरेका छन् ।

गायिका समीक्षा अधिकारी, गायक रामजी खाँडलगायत कलाकार पनि तीज विशेष साङ्गीतिक कार्यक्रमका लागि यतिबेला जापानमा छन् । नागोया, फुकोआकालगायतका जापानका विभिन्न शहरमा आफूहरूको प्रस्तुति रहने गायिका अधिकारीले जानकारी दिइन् ।

गायक श्रीकृष्ण बम मल्ल तीज विशेष कार्यक्रमका लागि बेलायत पुगेका छन् । गायिका लक्ष्मी मल्ल मल्ल यतिबेला हङकङमा छिन् । गायिका कोमल वली, देवी घर्ती, गायक पशुपति शर्मालगायत कलाकारले पनि तीजका अवसरमा अष्ट्रेलियाका विभिन्न शहरमा प्रस्तुति दिइरहेका छन् । विदेश जान नपाएका कलाकार स्वदेशकै विभिन्न ठाउँका कार्यक्रममा पुगिरहेका छन् ।

बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले जापानमा रहेका नेपाली सङ्घसंस्थाले दिदीबहिनीहरू बोलाएर दर खाने, शुभकामना आदानप्रदानसहित तीज पर्व मनाउने गरेको बताए । ‘नेपाली बस्ने अधिकांश शहरमा तीजको कार्यक्रम हुन्छ, नेपालबाट कलाकार बोलाएर साङ्गीतिक कार्यक्रम गर्ने क्रम पनि पछिल्लो समय बढ्दो छ’, उनले भने, ‘प्रवासमा रहेका महिलालाई तीज पर्वको न्यास्रो नलागोस् भनेर भनेर यस्ता कार्यक्रम गर्ने गरिएको छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित