काठमाडौंमा भेटियो पोलियोको भाइरस

काठमाडौं । काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको छ ।

टुकुचा र बागमती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त सो भाइरस देखिएको हो ।

२६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतले बताए ।

बागमती र टुकुचा किनारसहित शंकास्पद स्थानको पानीको नमुना संकलन गरी परीक्षणका का लागि विश्व स्वास्थ्य संगठनको बैंककस्थित प्रयोगशालामा पठाइएको डा. गौतमले जानकारी दिए । डा. गौतमका अनुसार सो भाइरस पोलियोकै खोप पेटमा गई म्युटेन्ट (परिवर्तित) भएर हुन सक्ने प्रकारको हो ।

भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा तत्काल खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप शाखाले साउन ९ देखि १२ गतेसम्म उपत्यकामा खोप दिँदै छ ।

जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर घरमै पुगेर खोप दिइने डा। गौतमले बताए । सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ ।

नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित