काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका क्रममा यी दुई भेरियन्ट पुष्टि भएको जनाएको छ ।
र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
हाल उक्त भाइरस सिंगापुर, भारत, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ । सिंगापुरमा केपी.२ का २९० र केपी १ का ३४ संक्रमित फेला परेका थिए भने भारतमा पनि यो सवभेरियन्ट फेला परेको थियो ।





































