गायक निशान भट्टराईको पत्नी ऋचासँग ‘डिभोर्स’

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । केही समययता सम्बन्धमा समस्या देखिएपछि भट्टराई र न्यौपानेले आपसी सहमतिमै सम्बन्ध टुंग्याएका हुन् ।

२०७७ सालमा यी दुईबीच बिबाह भएको थियो । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले भट्टराई र न्यौपानेबीच सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

दुई वर्षको प्रेम सम्बन्धपछि उनीहरुले कोर्ट म्यारिज गरेका थिए । निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका थिए । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् । उनीहरुबीचको सम्बन्धमा २०७९ को मध्यतिरै दरार आएको थियो ।

दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका थिए भने एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका थिए ।

ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी थिइन् । उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब भएका थिए । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित