बलात्कृत घटना : १४ वर्षीया बालिकाबाट जन्मिएको शिशुलाई बागलुङबाट पोखरा रिफर

काठमाडौं । बलात्कृत १४ वर्षीया बालिकाबाट जन्मिएको शिशु (छोरी)लाई बागलुङको धौलागिरि अस्पतालबाट पोखरा रिफर गरिएको छ । बच्चाको कम तौल र अवधि नपुग्दै जन्मिएकाले एनआइसीयूमा राख्नेपर्ने भएपछि गण्डकी अस्पताल पोखरा रिफर गरिएको धौलागिरि अस्पताल बागलुङकी सूचना अधिकारी शान्ति भण्डारीले न्यूज खरीलाई जानकारी दिइन् ।

‘बच्चाको तौल २ किलो १ सय ५० ग्राम र अवधि कम हुँदै जन्मिएको छ,’ उनले भनिन्, ‘त्यस्तो बच्चालाई एनआइसीयूमा राख्नुपर्ने भएकाले हामीले पोखरा रिफर गरेका हौँ ।’

धौलागिरि अस्पतालमा बच्चालाई राख्ने एनआइसीयू नभएपछि पोखराकाे गण्डकी अस्पतालमा रिफर गरिएको उनको भनाइ छ । ‘बच्चा र आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दुवै जनालाई स्टाफ नर्ससहित पोखरा पठाएका छौं,’ उनले भनिन्, ‘बच्चा जन्मिएको २४ घण्टाभित्र धेरै नै ‘केयर’ गर्नुपर्छ ।’ उनका शनिबार बिहान ३ बजे नर्मल डेलिभरीमार्फत बालिकाले शिशुलाई जन्म दिएकी थिइन् ।

यता, १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका निसीखोला गाउँपालिका वडा नम्बर १ का विजय मल्ल फरार छन् । फरार मल्लकाे खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बागलुङका सहायक सूचना अधिकारी दीपकबाबु केसीले जानकारी दिए ।

याे पनि पढ्नुहाेस् :

बागलुङमा १४ वर्षीया बालिकामाथि करणी, सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना

जबरजस्ती करणी घटना : १४ वर्षीया नाबालिकाले दिइन् छोरीलाई जन्म

बालिका बलात्कृत घटना : आरोपित मल्लले दिएका थिए ‘गर्भपतन’ गराउन १ लाख ६ हजार १

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित