बागलुङमा १४ वर्षीया बालिकामाथि करणी, सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना

विमल खड्का, काठमाडौं । बागलुङमा १४ वर्षीया बालिकालाई करणी गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । बागलुङको निसीखोला गाउँपालिकाकी १४ वर्षीया बालिकालाई करणी गरी गभर्वती बनाएको घटना शुक्रबार सार्वजनिक भएको हो ।

सोही घटनाका आरोपी निसीखोला गाउँपालिका -१ देवीस्थान बजारका ३० वर्षीय विजय मल्ल फरार भएका छन् । बालिकालाई करणी गरी गर्भवती बनाएकाे आरोप लागेका युवक गाउँबाट फरार भएका हुन् । ‘बालिकालाई परिवारले बागलुङ सदरमुकाम लगेपछि ती युवक  घरमा छैनन्,’ एक स्थानीयले भने, ‘झिवाखोला बजारमा रहेको मोवाइल पसल पनि बिहानैदेखि बन्द छ ।’

स्रोतका अनुसार बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय बागलुङ जाहेरी दर्ता गरेका छन् । जाहेरी दर्ता गर्न प्रहरी कार्यालय पुगेकी बालिकालाई सुत्केरी व्यथा लागेपछि आज (शुक्रबार) अस्पताल भर्ना गरिएको छ ।

‘शुक्रबार बिहान जाहेरी दर्ता गर्न प्रहरी कार्यालय पुगेका थियौं,’ स्रोतले भन्यो,  ‘१४ वर्षीया बालिकाले आमालाई रगत बगेको भनेपछि अस्पताल लैजाँदा सुत्केरी व्यथा लागेको रहेछ ।’

सुत्केरी व्यथा लागेपछि ती बालिकाको बागलुङस्थित धौलागिरि अस्पतालमा राखेर उपचार शुरू गरिएकाे छ । स्रोतका अनुसार १४ वर्षीया बालिकाको पेटमा २.२ केजीको बच्चा रहेको पाइएको छ । बालिकामाथि करणी भएकाे विषयमा प्रहरी कार्यलयमा जाहेरी दर्ता भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

उनका अनुसार परिवारले १ डेढ महिना पहिले घटनाबारे थाहा पाएपनि पीडक पक्षकले गाउँमै मिलाउन प्रयास गरेको कारण घटना ढिलो गरी सार्वजनिक भएकाे हाे ।

‘फरार युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आज जबर्जस्ती करणीको मुद्दा दर्ता भएकाे छ,’ उपरीक्षकले भने, ‘अब कानुनअनुसार  प्रक्रिया अगाडी  बढाउँछाैं ।’

सांकेतिक तस्बिर

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित