बालिका बलात्कृत घटना : आरोपित मल्लले दिएका थिए ‘गर्भपतन’ गराउन १ लाख ६ हजार !

सांकेतिक तस्बिर

विमल खड्का, काठमाडौं । १४ वर्षीया बालिकालाई करणी गरी गर्भपतन गराउन आरोपित युवाले पैसाको चलखेल गरेकाे भेटिएको छ । बागलुङकी १४ वर्षीया बालिकालाई करणी गरी पेटमा गर्भ बसेको थाहा पाएपछि गर्भपतन गराउन पैसाको चलखेल गरेको पाइएको हो ।

बालिकालाई करणी गरेको आराेप लागेका निसीखोला गाउँपालिका वडा नम्बर १ का विजय मल्लले गर्भपतन गराउन बालिकाको दिदीको खातामा १ लाख ६ हजार रुपैयाँ हालिदिएको भेटिएको हो ।

पारिवारिक स्रोतका अनुसार युवाको सल्लाहअनुसार फागुन १९ गते गर्भपतनका लागि बालिकालाई बुटवल पठाइएको थियो । ‘पारिवारिक सल्लाहमा बुटवल पठाएका थियौं,’ स्रोत भन्छ, ‘बालिकाको उमेर सानो र पेटमा बसेको बच्चाको समय अवधि धेरै भएपछि डाक्टरले गर्भपतन गर्न अस्वीकार गरेका थिए ।’

अस्वीकार गरेपछि बालिका बागलुङ फर्किएकी थिइन् । ‘आरोपित मल्लले गर्भपतन गराउन १ लाख ६ हजार बालिकाकी दिदीको खातामा हालिदिएका थिए,’ स्रोत भन्छ, ‘गर्भपतन गर्न डाक्टरले अस्वीकार गरेपछि गाउँमा मिलाउने प्रयास गरिएको थियो ।’  गाउँमा मिल्न स्थानीयले बालिकाको परिवारलाई दबाब दिएका थिए ।

‘गाउँमा मिल्न धेरै पटक बैठकहरु बसे, स्थानीय जनप्रनिधि पनि बैठकमा सहभागी छन,’ एक स्थानीयले न्यूज खरीसँग भने, ‘उजुरी दर्ता गर्न इलाका प्रहरी कार्यालय बुर्तिबाङ गएका बालिकाको परिवारलाई जाहेरी दर्ता बिनै फिर्ता बोलाइएको थियो ।’

स्थानीय प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता नभएपछि बालिकाको परिवार जिल्ला प्रहरी कार्यालय पुगेर शुक्रबार जाहेरी दर्ता गरेका छन् ।

उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय  बागलुङ पुगेका बेला बालिकालाई असहज भएपछि धौलागिरि अस्पताल लगिएको थियो । प्रहरीको महिला सेलमार्फत अस्पताल लगिएकी बालिकाले शनिबार बिहान ३ बजे छोरीलाई जन्म दिएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए ।

उनका अनुसार शिशुलाई एसएनसीयूमा राखेर उपचार भइरहेको छ । बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । जाहेरी दर्तापछि आरोपित विजय मल्ल फरार भएका छन् ।

‘बालिका जिल्ला प्रहरी कार्यालय गएको सूचना पाएलगत्तै युवा फरार छन्,’ एक स्थानीयले न्यूज खरीसँग भने, ‘बजारमा रहेको  माेबाइल पसल पनि बन्द छ ।’

बालिकाको परिवारले जाहेरी दिएपछि  आरोपित युवाकाे खोजी कार्य जारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

याे पनि पढ्नुहाेस् :

बागलुङमा १४ वर्षीया बालिकामाथि करणी, सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना

जबरजस्ती करणी घटना : १४ वर्षीया नाबालिकाले दिइन् छोरीलाई जन्म

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित