एमालेकाे सदस्य रहेका वीर अस्पतालका निर्देशक पौडेलको जिम्मेवारी खोसियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाएका छन्।

मन्त्री बस्नेतले बिहीवार मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई वीर अस्पतालको निर्देशक पदबाट हटाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार डा. पौडेललाई वीर अस्पतालको निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजीर हुन भन्दै पत्र पठाइएको छ।

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीहरूको सल्लाहमा मन्त्रीज्यूले निर्णय लिनुभएको होला,’ उनले भने। दुई वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधि अझै झण्डै १५ महिना बाँकी छ।

निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित