बागलुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ ।

कूल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार नगरप्रमुख र उपप्रमुखका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कूल ४० हजार ४१८ मतदाता रहेकामा सो नगरपालिकाका १४ वडामा २५ हजार ७९२ मत खसेको थियो ।

नगरपालिकामा खसेको २४ हजार ८०० मतमध्ये पाँच पार्टीका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको छ । नगरप्रमुखका उम्मेदवार विवेकशील साझा पार्टीका सुरज खड्काले ५४ मत, नेपाल दलित पार्टीका भक्तबहादुर रसाइलीले ६३ मत, नेपाली कांग्रेस ‘बिपी’ का धना आचार्यले १२ मत, नेकपा ९माले०का मन्जु क्षेत्रीले २६ मत, र नेपाल परिवार दलका नलीप्रसाद आचार्यले १२ मत पाएपछि धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

नगर उपप्रमुख पदमा उम्मेदवारी दिएका नेपाल दलित पार्टीका शान्तिकुमारी नेपालीले ५२ मत, एकीकृत समाजवादीका जीवन आचार्यले ५० मत र स्वतन्त्र उम्मेदवार ताराकुमारी रिजालले ९३ मत प्राप्त गरेपछि धरौटी जफत भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित