काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ ।
सोमवार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । अहिले प्रचण्डले संसदलाई सम्बोधन गरिरहेका छन् ।
सबै दलका नेताले सम्बोधन गरेपछि मत विभाजन प्रक्रिया शुरू हुनेछ । पुस २६ गते विश्वासको मत लिए पनि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एस र लोसपाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
नेकपा एमाले र राप्रपा भने सरकारलाई विश्वासको मत नदिने पक्षमा छन् । विश्वासको मत जित्नका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ ।





























