८ वर्षअघि बलात्कार आरोपमा मनोज पाण्डे पक्राउ

काठमाडौं । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौँको स्वयम्भूबाट मनोज पाण्डेलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिता अयोजना गरी आफूमाथि जबर्जस्ती करणी गरेको सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि उक्त कार्यालयबाट खटिएको टोलीले आज साँझ पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

सामाजिक सञ्जालमा ती युवतीद्वारा सार्वजनिक श्रव्य सामग्रीमा पाण्डेमाथि सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिता आयोजना गरेको र कार्यक्रम सकिएपछि छ महिनासम्म आफूलाई धम्क्याएर करणी गरेको आरोप लगाइएको छ । उक्त घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले उक्त भिडियोमा उल्लिखित विषयमा अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको छ । समितिले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको संयोजक कुँवरले जानकारी दिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित