तोलामा ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार ७०० रुपैयाँले मूल्य घटेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । र, यो नेपाली बजारमा अहिलेसम्मकै किर्तिमानी मूल्य हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढ्दै गइरहेको छ । विश्वबजारमा सुनको मूल्य निरन्तर बढ्दाको प्रभाव नेपाली बजारमा समेति देखिइरहेको छ । महासंघले आज चाँदीको मूल्य समेत घटेको जानकारी दिएको छ ।

हिजो चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो । जुन, आज १५ रुपैयाँले घट्दै तोलामा १३ सय ३० रुपैयाँ कायम भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित