देवदह आदर्श बहुमुखीमा अनेरास्ववियुको प्यानलनै विजयी

बुटवल । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
अध्यक्षमा अर्जुन गैरे २९१ मत ल्याएर विजयी भएका छन् । उनको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो ।

नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियूको गठबन्धनबाट नेविसंघका माधव भट्टराईले १७६ र अखिल क्रान्तिकारीका धनीकुमारी पन्थीले ५५ मत पाएकी छन्।

सचिवमा अनेरास्ववियुका गौरव ज्ञवालीले २७८ मत पाएर विजयी हुँदा नेविसंघकी सविता अधिकारीले १३७ र अखिल क्रान्तिकारकिा रविन न्यौपानेले ८२ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका शोभराज जैसी २५९ मत पाएर विजयी हुँदा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका शिशिर भट्टराईले ११९ मत र अखिल क्रान्तिकारीका दिपेश सापकोटाले ७९ मत पाएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुकै रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरी विजयी भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित