बागलुङका तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल बिजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय तमानखोलाका अनुसार जोकलाल बुढाले २७०७, उपाध्यक्ष हिराकुमारी छन्तयाल २७६८, माओवादी केन्द्रका अध्यक्ष देवबहादुर पुनले १९९५, उपाध्यक्षमा मिसु रसाइलीले १९५८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका देवेन्द्र छन्यालले ३९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अध्यक्ष पदमा जोकलाल पुनः निर्वाचित भएका हुन् । यस्तै ६ वटा वडामा नेकपा माओवादी केनद्रका तर्फबाट वडा नं. १ मा थमबहादुर रोका, वडा नं. २ मा नारायण सुनार र वडा नं. ४ मा छवि श्रीपाली वडामा नेतृत्व लिएका छन् । नेपाली काँग्रेसबाट वडा नं.३ मा झकबहादुर बुढा, वडा नं. ५ मा हिरा बहादुर श्रीपाली र वडा नं. ६ मा चित्र छन्त्यालको प्यानल विजयी भएका छन् ।












































