काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले पनि पहाडी एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ हावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार भोलि र पर्सि पनि मौसम यस्तै रहने छ । पर्सि सोमवार मधेस प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ।