काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताए ।
“कीर्तिपुरमा जाँदा मैले हिजो फ्लड लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु । त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था सरकारकाले गर्नेछ,” उनले भने, “सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ । देशका विभिन्न ठाउँमा, अझ चितवनमा । त्यहाँ देखिएका समस्याहरुलाई हेरेर हामी अघि बढिरहेका छौँ ।”

































