बेनी- जोमसोम सडकको म्याग्दी खण्ड दैनिक ५ घण्टा बन्द हुने

म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने रुप्सेछहरा र काप्रेभीर क्षेत्रमा सडक विस्तार, पहिरो नियन्त्रण तथा बेलिब्रिजको फाउन्डेसन खन्न चैत ३ देखि १४ गतेसम्म दैनिक ५ घण्टा यातायात बन्द गर्नेगरी समय तालिका (टाइम कार्ड) लागू हुने भएको छ ।

तीन वर्षअघि रुप्सेछहरामा आएको बाढीले मोटरेबल पुल बगाएकाले उक्त स्थानमा बेलिब्रिज राख्न फाउन्डेसन खन्नुपर्ने र पहिरो नियन्त्रणको काम गर्न तथा काप्रेभीरमा सडक ढलानको काम भइरहेको र यातायात सञ्चालन गर्न वैकल्पिक मार्ग (डाइभर्सन) दिन नसकिने साँघुरो भएकाले समय तालिकाअनुसार काम गर्न थालिएको हो ।

बेनी–जोमसोम–कोरोला सडक आयोजनाका अनुसार सो खण्डमा बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म यातायात अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूचना प्रकाशन गरेको छ

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित