युएईविरुद्ध नेपालको २०० रन पूरा

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध २०० रन पूरा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३५ ओभरमा ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको हो । हाल क्रिजमा आरिफ शेख ४१ रन बनाएर खेलिरहेका छन् । उनलाई गुल्सान झाले साथ दिइरहेका छन् ।

यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेल र युवा व्याटर भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । भुर्तेल ५ बलमा ३ चौका र ४ छक्काको मदतमा ५० रन बनाउँदै पवेलियन फर्किए भने सार्की ६७ रनमा आउट भए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो । सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग २ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित