बागलुङ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि चैत ५ गतेका लागि त्रिभुवन विश्व विद्यालयले तोकेका निर्वाचन स्थगित भएको हो ।
निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन संयोजकको जिम्मेवारीबाट फागुन ३० गते राजीनामा दिएका थिए । निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको धौलागिरि बहुमुखी क्याम्पस बागलुङका प्रमुख प्राध्यापक डा.रामप्रसाद उपाध्यायले जानकारी दिए ।



























