काठमाडौं । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (PMO Nepal) ह्याक भएको छ।
पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयबस्तु रिट्विट भएका छन्।
विभिन्न तीन फरक-फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ।
प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार, प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेका छन् ।






























