विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर खेल मैदानमा हुने खेलमा यूएईले टस जितेर नेपालविरुद्ध ब्याटिङ रोजेको छ । यूएईले टस जितेर ब्याटिङ रोजेको हो । कीर्तिपुरको खेल मैदानमा बिहान साढे ९ बजेदेखि खेल हुँदैछ ।
खेल जितेर विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गरेको छ । यसअघि भएका खेलमा नेपालले यूएईलाई २ खेलमा पराजित गरिसकेको छ । नेपालले आगामी ४ वर्षका लागि १ दिवसीय मान्यता पाइसकेको छ ।
बिहीवारको खेलमा यूएईलाई हराउन सके नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउनेछ भने यूएईसँग नेपाल हारेमा नामिबिया विश्वकप छनोटमा प्रवेश गर्नेछ ।