बालुवाटारमा १० दलको बैठक जारी

काठमाडौँ । आज अपराह्न सुरू भएको बैठकमा चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको छ। सत्ता गठबन्धनबाट जसपा नेता रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठकमा सहभागी छन्।

यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टी अध्यक्ष प्रभु शाह र राष्ट्रिय जनमोर्चालगायतका नेता बालुवाटारको बैठकमा सहभागी छन्।

बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे र मन्त्रिपरिषद विस्तारबारे पनि कुराकानी हुने बताइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित